Ad #144479

२० पुस, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले साेमबार देशभरको मौसम बदली हुने र वर्षाको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । आज बिहान केहीबेर काठमाण्डौ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा छिटफुट वर्षा भयो । दिनभर पनि पानी पर्ने सम्भावना रहेको छ ।

सोमबार देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

अधिकतम र न्यूनतम तापक्रममा केहि गिरावट आई देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग रहन सबैमा आग्रह गरेका छन् । यस्तै पहाडि भू–भागका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी र सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।