संरक्षित वन्यजन्तु पाटेबाघको कारको ठक्करबाट मृत्यु

१८ पुष, बारा । बाराको जितपुरमा नेपालको संरक्षित वन्यजन्तु पाटेबाघको कारको ठक्करबाट मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको बताएको छ ।

सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।

[sidebar name="button post"]