बाटो काट्ने क्रममा १५ दिनमा ८ पैदलयात्रीको मृत्यु

१८ पुष, काठमाडौं । काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा पछिल्लो १५ दिनमा ८ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेकाले सवारी दुर्घटना बढेको हो ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगायत क्षेत्रका आकाशेपुल व्यापारिक अड्डा बनेका छन्, अन्य कुरा भनेको पैदलयात्रीहरु आफैंले लापरबाही गर्दा बढेको बताइएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसिङ र आकाशेपुल जथाभावी बाटो काट्नेहरूमाथि असुरक्षा बढेको छ । बिहीबारको दुर्घटनामा चाहिँ बत्ती नभएकाले पैदलयात्रुले आकाशेपुल प्रयोग नगरेको ट्राफिक प्रहरीको ठहर छ ।

काठमाडौंका चौडा सडकमा सवारीको गति तीव्र हुन्छ । त्यसैबीचमा पैदलयात्रुले लापरबाही गर्दै बाटो काट्दा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्री र सवारी चालकको लापरबाहीले सडक दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढीरहँदा सरकारी स्तरबाट कमीकमजोरीको कारण खोजी हुनु आवश्यक देखिन्छ । तर सरकारले सडक र सवारीमा जति लगानी गरे पनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरेको छ ।

[sidebar name="button post"]