नेपाली सेनाले राष्ट्रिय कविता प्रतियोगिता आयोजन गर्ने भएको छ। नेपाल सेनाले एक सूचना जारी गर्दै प्रतिगोगिताको घोसणा गरेको छ। पृथ्वी जयन्तिको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजन गर्ने कार्यक्रम रहेको छ।
नेपालको संविधान प्रदत्त राष्टिय एकताको रक्षा सम्बन्धी दायित्व निर्वाह एवं नेपालसरकारको बार्षिक निति तथा कार्यक्रमा समाविष्ट एकीकरण मार्ग कार्यक्रम कार्यान्वयन गर्न क्रममा, विगत बर्षमा जस्तै यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्यि एकता दिवस बिधि कार्यक्रमहरु सहित मनाउने भएको छ। सो प्रतियोगितामा इच्छुक समस्त नेपाली कविहरुलाई सहभागीताको जनाउन नेपाली सेनाले सादर अनुरोध गरेका छन् ।
सो प्रतियोगितामा कविता नेपाली भाषामा, “राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वी नारायण शाह” सम्बन्धी भावमा लेखिएका, पूर्णतः मौलिक तथा प्रतियोगिता सम्पन्न नभएसम्म कुनै पनि माध्यमबाट प्रकाशित वा प्रसारित नभएको हुनुपर्ने छ ।
कविता एफो(ब्द्ध) साइजको कागजमा कम्प्यूटर टाइप गरिएको हुनुपर्ने छ । कविताको लम्बाई पद्य कविता (छन्दोबद्ध) भएमा बढिमा २० पंतिmको र गद्य कविता (मुक्तलय) भएमा बढीमा ३०० शब्दको हुनुपर्ने, छ । इमेलबाट पठाउने सहभागीहरुले कान्तिपुर फन्टमा १४ साइजमा टाइप गरी धयचम तथा उमा फरम्याटमा पठाउनु पर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट १० कविहरुलाई जनही रु २०००० तथा छनौट भएका थप ३० कविहरुलाई जनही रु ५,००० नगद तथा प्रमाण–पत्र उपलब्ध गराइने भएको छ ।
प्रतियोगितामा मूल्याङ्कनका लागी छानिएका कविताहरुको संग्रह जङ्गी अडा परिसरमा स्थापना हुने “पृथ्वी नारायण शाह अध्ययन केन्द्र” मा राखिने छ भने उत्कृष्ट २५ कविताहरुको संग्रह पुस्तकको रुपमा प्रकाशित गरिने छ ।
छानिएको केही कविताहरु यही पौष २७ गते जङ्गी अडामा आयोजना हुने कार्यक्रममा वाचन गर्न मिलाइने छ । सहभागी कविताहरुलाई क्रमिक रुपमा नेपाली सेनाका श्रव्यदृष्य तथा छापा माध्यमहरुबाट प्रकाशित र प्रसारित समेत गरिने छ ।
प्रतियोगितामा सहभागीहरुले हाल सालै खिचिएको एक प्रति पासपोर्ट साइजको आफ्नो फोटोसँगै नाम,सम्पक ठेगाना र फोन वा मोबइल नम्वर स्पष्ट रुपमा लेखी पठाउनु पर्ने छ ।
छनौट तथा मूल्याङ्कनको लागि प्राज्ञ तथा लब्ध प्रतिष्ठित, विज्ञ कविहरु सम्मिलित छनौट समिति गठन हुने छ । कविताहरुको छनौट, मू्ल्याङ्कन तथा प्रकाशन सम्बन्धी सम्पुर्ण अधिकार उक्त समितिमा निहित रहने छ ।
कविता पत्र वा इमेल जुनसुकै माध्यमबाट पठाएता पनि यही पौष २० गतेको १६ः०० बजे भित्र राष्ट्रिय कबिता मूल्याङ्कन समिति ,जनसम्पर्क तथा सूचना निर्देशनालय पठाई सक्नु सक्नु पर्ने छ ।













