मोबाइल चार्ज लगाउँदै गर्दा घरमा आगलागी

१२ पुस, काठमाडौ । एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज लगाउने क्रममा घरमा आगलागी भएको बताइएको छ ।

काठमाडाैँको नागार्जुन नगरपालिकाको एक घरमा शनिबार आगलागी भएको हो । घटनाको प्रारम्भिक विवरण अनुसार आइफोन चार्जमा राखेर बाहिर निस्किएको अवस्थामा सोही स्थानबाट आगलागी भएको देखिएको छ ।

आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

सानो आगोमा पानी छर्केर निभाउने प्रयास गर्दा झन बढ्दै गएपछि आगो झन फैलिएको थियो । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ ।

[sidebar name="button post"]