नयाँ कोरोना भाइरसका ७ लक्षण

एजेन्सी । ‘अहिले बजारमा आएको भ्याक्सिनले यो स्ट्रेनमा काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ । सामान्यतया जति पनि खोप बनिरहेका छन् वा अन्तिम परीक्षणमा छन्, तिनले नयाँ स्वरुपको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने सम्भावना छ तर यकिनका साथ भन्न सकिन्न ।’

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो ।

विश्व स्वास्थ्य संगठनले बेलायतसहित नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा समेत कोरोना भाइरसको उस्तै स्वरूप पत्ता लगाएको जनाएको छ । भाइरसले स्वरुप बदलिएसँगै खोपको प्रभावकारिता घट्ने हो कि भन्ने चिन्ता पनि छ तर अहिले विकास भइरहेका खोपले नयाँ भाइरसलाई नियन्त्रण गर्दैन भन्नेचाहिँ पुष्टि भइनसकेको वैज्ञानिकहरु बताउँछन् ।

स्क्रिप्स रिसर्च एन्डर्सनमा डिपार्टमेन्ट अफ इम्युनोलोजी एन्ड माइक्रोबायोलोजीका प्रोफेसर क्रिस्टियन एन्डरर्सन भन्छन्, ‘हामीले यति छिटो निर्णयमा पुगिहाल्नु हुँदैन । हामीलाई अहिले ठ्याक्कै यही हो भन्ने थाहा छैन तर अझै जान्न भने जरुरी छ । ’ नयाँ कोरोना भाइरसका ७ वटा लक्षणहरू

  • टाउको दुख्नु
  • मांसपेशी दुख्नु
  • पखाला लाग्नु
  • थकान लाग्नु
  • भोक नलाग्नु
  • मानसिक अस्तव्यस्तता हुनु
  • छालामा दाग देखिनु
[sidebar name="button post"]