८ पुस, एजेन्सी । भारतको एक होटलमा एक जना युवतीको शव फेला परेको छ ।
भारतको बंगालमा एक जना युवतीको टाउको काटेर वीभत्स रूपमा हत्या गरिएको छ । मृतक युवती एक जना युवकसँग होटलमा पुगेकी थिइन् ।
उनीहरू दुबै जनाका लागि एउटा कोठा बुक गरेका थिए । तर, युवक एकैछिनमा फर्किन्छु भनेर त्यहाँबाट निस्किएपछि होटलमा फर्किएनन् ।
उनीहरूले राखेको कार्डका अनुसार ती कपल मिदनापुरका थिए । होटलका कर्मचारी जाँदा उक्त कोठामा ठूलो आवाजमा टिभि बजिरहेको थियो । यो घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ।
[sidebar name="button post"]









