८ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । सुनुवाईका लागि सर्वोच्चले बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको हो । जबराकै इजलासमा सुनुवाई शुरु भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा रिट सर्वोच्चमा छन् । मुद्दाको सुनुवाइका क्रममा नेपाल बारबाट प्रत्यक्ष प्रसारणमार्फत बहस सुन्न पाउने व्यवस्था गरिएको छ ।
सीमित ठाउँ र सामाजिक दुरी कायम गर्नुपरेको भन्दै इजलासमा अरूलाई प्रवेश गर्न रोक लगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपनि प्रतिनिधिसभा पुनस्थापना हुनेमा प्रचण्ड माधव नेपाल समूहले ठूलो भरोसा राखेको छ ।












