प्रविणराज चालिसे
नेपालमा चिसो सुरु भएसँगै कोरोना संक्रमण बढ्छ भन्ने अनुमान थियो । तर अहिलेसम्म हेर्दा कोरोनाको संक्रमण बढ्ने भन्दा निको हुने दर बढ्दो छ । हिजो आज जनमानसमा कोरोनाको दोस्रो लहरबारे धेरै थरीको कुरा सन्न पाइन्छ ।
कोरोना अब के होला ? मुख्य चासो छ । टेकु अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनका अनुसार कुनै पनि स्थानमा, जहाँ कोरोना फैलियो पछि त्यस ठाउँमा कोरोनाको प्रभाव घट्यो र फेरी बढ्यो भने त्यसलाई कोरोनाको दोस्रो लहर वा चरण भनेर बुझ्न सकिन्छ ।
त्यस बाहेक कोरोना आफै वातावरण अनुसार बदल्न खोज्छ । पश्चिमी मुलुक विशेष गरेर युरोपमा कोरोना रोग कम भयो, उनिहरूले शहरबजारलाई खुकुलो पारे र अहिले आएर फेरी कोरोना संक्रमण वृद्धि भयो । जसकारण युरोपली देश फेरी लकडाउनमा फर्किसके र कतिले लकडाउन गर्दैछन् ।
नेपालमा कोरोनाको स्थिती
नेपालमा अहिले मानविय गतिविधिहरु बढेका छन् । चहलपहल छ । डा. पुन भन्नुहुन्छ,‘जसरी कोरोनाको क्रम बढ्दै जान्छ, त्यसरी नै घट्दै जान्छ । यो प्राकृतिक रूपमै हुन्छ । अहिले जुन अवस्थामा मानिस ज्यानको बाजी थापेर होस् वा नकार्न खोज्दै होस् बाहिर निस्केका छन् । यसो हुनुमा मानिसमा निरासाको क्रम बढ्नु हो । यहि क्रममा नेपालमा कोरोना रोकथाम नगरे दोस्रो चरणमा पुग्नेछ ।
संक्रमण भित्रियो र फैलियो । अब रोक्नुको विकल्प छैन ।’ कोरोनाको भ्याक्सीनमा नै प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।
भ्याक्सीन के हो ?
भ्याक्सीनको नामबाट विभिन्न भ्रम फैलिएको पाइन्छ । कतिपय मानिस भ्याक्सीन लगाउनु पर्ने पक्षमा छन् भने कतिपय यसको विरुद्धमा पनि छन् । डा. पुन भन्नुहुन्छ,‘हामी विकल्प खोज्ने हो । अहिले भ्याक्सिन नै विकल्प हो । कोरोना भाइरसकोको समाधान नै भ्याक्सीन विकल्प होइन, तर अहिले संक्रमण रोकथामको बिकल्प पक्कै हो ।’












