६ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको जनाएकाे छ । तर, यो बिस्तारै हट्दै जाने र दिउँसोको समयमा घाम लाग्ने माैसम महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना कम हुने भएकाे छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने छ। पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको छ । काठमाडाैं उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
काठमाडाैंकाे न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।











