Ad #144479

 समिता श्रेष्ठ 

५ पुस, काठमाडौं । देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौं जोरपाटीमा रक्तदान कार्यक्रम हुने भएको छ ।

कोरोनाको प्रभावले देशका कतिपय स्थानमा विरामीकाे उपचारका लागि रगत अभाव भएपछि मदन भण्डारी फाउन्डेसन र गोकर्णेश्वर नगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । भाेली साेमबार भौतिक दूरी कायम गरी रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

रक्तदान कार्यक्रम साेमबार बिहान १२ बजे देखि बागमती कोरिडोरमा रहेकाे ड्रीम हाउसमा हुँनेछ । रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै फाउन्डेसनले यो रक्तदान कार्यक्रममा गर्नु लागेको हो । यसअघि पनि फाउन्डेसनले धेरै पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

त्यसको साथसाथै अन्य विभिन्न कार्यक्रमहरु पनि फाउन्डेसनले संचालन गर्दै आएको छ । अहिले पनि फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिको लागि संचार बिषयमा पत्रकारिता तालीम संचालित छ । यो तालीममा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शङ्खरापुर नगरपालिकाको प्रत्येक वडाबाट नौ/नौ जना सहभागि छन्।

पत्रकारिता तालिमकै बिचमा आयोजना भएकाे रक्तदान तालिममा बिगतको रक्तदान कार्यक्रममा भन्दा बढी सहभागीता हुने फाउन्डेसनको आशा छ । यो हुँदै गरेको कार्यक्रममा पाएक पर्ने सबैजनालाई उपस्थितिको लागि फाउन्डेसनले आह्वान गरेको छ।