३ पुस, काठमाडौं । साधना म्युजिक अवार्डको दोस्रो संस्करण पनि आयोजना हुने भएको छ ।
सो कार्यक्रममा नेपाली गीत संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने भएको छ । “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान “भन्ने मुल नाराका साथ सामना म्युजिक कृयशनको आयोजनामा प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ गर्न लागेको हो ।
अवार्डमा २०७६ बैशाख १ गतेदेखि २०७७ मंसिर १ गतेसम्म बजारमा आएका नेपाली गीत संगीतले सहभागीता जनाउन सक्नेछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले बिश्वास लिएको आयोजकले बताएको छ ।
नेपाली लोक गीत, आधुनिक, पपर लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन ।
आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रा.लिको कार्यालयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।












