Ad #144479

३, पुस, काठमाडौं । आठ महिनापछि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा राखिएको छ । सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा शुक्रबारकालागि सापकोटाविरुद्धको मुद्दा पनि राखिएको छ ।

यसअघि वैशाख ५ गते पेसीमा राखिएको थियो । तर, त्यतिवेला सुनुवाइ भएको थिएन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा यस मुद्दालाई पेसी तोकिएको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते मुद्दा हालेकी थिइन् । यो मुद्दा विचाराधीन रहेकै वेला २०७५ मा सापकोटा सञ्चारमन्त्री भएका थिए ।