Ad #144479

२ पुस, काठमाडौं । लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई आज जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज जेल चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।