Ad #144479

आजका मुख्य समाचारमा

आज काठमाडौं उपत्यकामा यो वर्षको धेरै जाडो

२ पुष, काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।

शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने

 यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धुर्व थापालाई नपुग्दो केही छैन ।

चिनियाँ अन्तरिक्ष यान : चट्टान र धुलोको नमूना लिएर पृथ्वीमा फिर्ता

चन्द्रमाको सतहबाट चट्टान र धुलोको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् । चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई-५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ ।

आजदेखि निगमकाे काठमाडौ–नयाँदिल्ली उडान सुरू

नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।

चाबहिल पूलमा बम भन्ने हल्लाले जनजिवन प्रभावित

 काठमाडौंको चाबहिलमा बिहीबार बिहान बम शंकास्पद वस्तु फेला परेको छ । चाबहिलस्थित गोपीकृष्ण हल अगाडी पूलमा शंकास्पद वस्तु बम भनेर हल्ला हुँदा एकछिन जन जिवन प्रभावित बनेको थियो।

सुनको मुल्य फेरी बढ्यो, कति पुग्यो आज तोलामा?

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ४ सयले बढेको छ ।

कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जले

 मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेका छन् । बेलबारी-९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९०० चल्ला जलेर मरेको बेलबारी प्रहरीले जनाएको छ ।

राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक

नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्। ट्रम्पको पासवर्ड “maga2020!” भएको बताइएको छ।

विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा

कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।

सरकारद्वारा पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो ।

१० जना सहसचिवहरुको काज सरुवा, काे कहाँ ?

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको काज सरुवा गरेको हो ।

जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन चन्दा उठाएर एम्बुलेन्स

दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।

कैलाशका ४२५ घर परिवारलाई कम्बल वितरण

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।