Ad #144479

२ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ४ सयले बढेको छ ।

बिहिबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय ५५ रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।