सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिएका छन् । उनल भने “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल।”
बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भइरहेका सम्बन्धित काम र कोभिड कोषको खर्च विवरण नागरिकलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सीमा बिन्दुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गर्नेबारेमा पनि बैठकमा छलफल भएको थियो ।
कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।












