Ad #144479

२६ मंसिर, काठमाडौं । नेपालमा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टाम ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ ।

हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार मात्रै छ ।