२५ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमित हुनेमा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा काठमाडौँमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।












