२३ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ। मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन्।
[sidebar name="button post"]









