२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?

२३ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ।

मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]