सार्वजनिक स्थलबाटै हराएका मोटरसाइकल कहाँ पुग्छन ?

२३ मंसिर, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक स्थलबाटै मोटरसाइकल चाेरी हुन थालेपछि सतर्क रहन अनुरोध गरेकाे छ । बिशेषगरि काठमाडाैंका विभिन्न सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको हाे ।

सार्वजनिक स्थलबाटै हराएका धेरै जसो मोटरसाइकलहरु उपत्यकाबाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको ट्राफिक प्रहरीले जनाएकाे छ । महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा १४ जनालाई पक्राउ गर्दै महाशाखाले हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनिलाई जिम्मा दिएको छ ।

 सोमबार मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई बास्तबिक नम्बर प्र.३-०२-००१ प ९०४१ भइ प्र.३-०२-००३ प ६५०६ नंम्बर राखी चलाएको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको छ । थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाइएको छ । सो मोटरसाइकल काठमडाैंस्थित सेतोपुलबाट १० दिनअघि मात्र हराएको थियो ।

सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिएको छ ।प्रहरीका अनुसार अधिकांश चोरी भएका मोटरसाइकलहरुको बास्तबिक नम्बर परिबर्तन गरेको हुने र कतिपय पक्राउ परेका मोटरसाइकलको नक्कली ब्लुबुक समेत हुने गरेको छ ।

[sidebar name="button post"]