एजेन्सी । प्लेनमा बच्चा जन्मियो भने उक्त बच्चाले कुन देशको नागरिकता पाउला त ? यो हामी सबैको दिमागमा घुमिरहेको प्रश्न हुनसक्छ । तर, कतिपयले भने थाहा पाइसकेको हुन सक्छ ।”
विशेषतः यस्तो अवस्था आइपर्ने सम्भावनालाई मध्यनजर गर्दै विभिन्न देशले छुट्टाछुट्टै नियमहरू बनाएका हुन्छन् । उदाहरणका लागि हाम्रै छिमेकी देश भारतमा कुनै पनि गर्भवती महिलाले ७ महिनाको गर्भावस्थामा प्लेनमा यात्रा गर्न नपाउने व्यवस्था छ । तर, आपत्कालिन अवस्थामा उनीहरूले प्लेनमा यात्रा गर्न पाउनेछन् ।
प्लेनमा जन्मिएका बच्चाहरूले बच्चा जन्मिँदा प्लेन कुन देशको सिमानामाथि उडेको छ सोही देशको नागरिकता पाउने नियम छ । कतिपय अवस्थामा प्लेनमा जन्मिने बच्चाहरूले उडेको देश र ल्याण्ड हुने देशकै नागरिकता पाउने व्यवस्था पनि छ ।”
यदी प्लेनमा नै बच्चाको जन्म भएको अवस्था उक्त बच्चाका आमाबुवाहरूलाई पनि कुन देशको नागरिक बनाउने भन्ने अधिकार दिइएको हुन्छ ।” पछिल्लो समय २०२० को सेप्टेम्बरमा युकेबाट इजिप्ट गइरहेको प्लेनमा एक जना बच्चाको जन्म भएको थियो ।









