Ad #144479

२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

गोली लागेर घाइते भएका एकजनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको चिउडोमा गोली लागेको छ। उनको परिचय नखुलेको प्रहरीले बताएको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल छन् ।

बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली चलेकाे हाे । उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए ।