१६ मंसिर, काठमाडौं । चर्चित वक्ता रमेश प्रसाईं विवाह बन्धनमा बाधिँने भएका छन् । उनले यही मंसिर २२ गते विवाह गर्ने तय भएको हो ।

पब्लिक स्पिकर, गायकलगायत विभिन्न विधामा आफूलाई अब्बल सावित गर्दै आएका रमेश र अनाथालय सञ्चालन गर्दै आएकी नन्दा सिंहबीच विवाह हुन लागेको हो ।
रमेश प्रसाई कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन् । बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् ।
केही समय अघि एक कार्यक्रममा लोक दोहोरी गायिका कल्पना दाहालसँग रमेशले गीत आएका थिए । सँगै गीत गाएपछि दर्शक र स्रोताले रमेश र कल्पनाबीच विवाह भएको हेर्न चाहेको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए । तर, उनीहरुले विवाह नहुने र आफूहरुको सुमधुर सम्बन्ध रहने बताएका थिए ।









