Ad #144479

१६ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ३ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ३ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ११, उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१, सुनसरीमा ५२, धनुषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४, सिरहामा ५, काठमाडौँमा ४०९, काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २ र धादिङमा ८ जना, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापका ४, ललितपुरमा ८५, सिन्धुपाल्चोकमा ११, सिन्धुलीमा २, कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासीपूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३, स्याङ्जामा ११, अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रुपन्देहीमा ४५, रोल्पामा १, अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ तथा बैतडी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। आइतबार देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् भने ६ सय १६ जना क्वारेन्टिनमा छन्।