१६ मंसिर, काठमाडौं। पछिल्लो २४ घण्टा यता २०७३ जना कोरोनामुक्त भएका छन् ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। आइतबार देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् भने ६ सय १६ जना क्वारेन्टिनमा छन्।












