आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

१५ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् ।

[sidebar name="button post"]