प्रधानमन्त्री केपी ओलीको पनि टिकटक एकाउन्ट

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। ‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं।’

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खाेलिएकाे बताए ।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

[sidebar name="button post"]