आज नेपालमा कति कोरोना संक्रमित थपिए ?

१२ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हाल सम्म देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]