८ मंसिर, काठमाडौं । पछिल्लाे २४ घणटामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । देशभर सोमबार कोरोना कारण मात्रै ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै काठमाडौंका ५ जना छन् । यस्तै भक्तपुर, मोरङ र इलामका एक एक जना संक्रमितको पनि मृत्यु भएको छ ।
पछिल्लो समय कोरोना भाइरसको परीक्षण घटेका बेला परीक्षणकै कारण मृत्यु हुनेको संख्या पनि कम देखिएको छ ।












