७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको हाे।
आइतबार देशभर ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ। हाल देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८६ जना क्वारेन्टिनमा छन्।












