Ad #144479

७ कार्तिक, काठमाडौं । अब ढुक्क हुनुस ! कोरोना भाइरसविरुद्धको खोप सस्तैमा किन्न सकिने सम्भावना बढेको छ । अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपलाई २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने जनाएको छ । यो झण्डै बढीमा नेपाली ४ हजार रुपैयाँ मूल्य पर्न आउँछ ।

खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ ।

यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । मोडेर्नाले आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।