७ मंसिर, काठमाडौं । जल तथा मौसम पुवौनुमान महाशाखाका अनुसार अहिले तराई भूभागमा कुहिरो र हिमाली भूभागका केही स्थानमा हिउँ पर्न थालेको छ ।
आइतबार पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । नेपालमा अहिले कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन।
आज देशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागमा सामान्यतया सफा रहने छ । त्यस्तै आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
[sidebar name="button post"]









