५ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्य सरुवा भएर आएका छन् ।
काठमाडौंका एसएसपी श्याम ज्ञवाली ६ महिनामै सरुवा भएर गएका छन् । उनी प्रहरी प्रधान कार्यालय तानिएका छन् । यस्तै ललितपुरका एसएसपी टेकप्रसाद राई पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालको पनि सरुवा भएको छ । उनी प्रहरी प्रधान कार्यालय नक्सालको सामूदायिक प्रहरी महाशाखामा सरुवा भएका छन् । ट्राफिक प्रहरी महाशाखामा भने एसएसपी जनक भट्टराई आएका छन् ।
[sidebar name="button post"]









