मास्क नलगाए २ हजार जरिवाना

५ मङ्सिर, एजेन्सी । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो ।

दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए। उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली सरकारको तयारी र अन्य निर्णयहरु सुनाएका थिए।

यसअघि दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो । मुख्यमन्त्री केजरिवालले बिहीबार दिल्लीमा कोही मास्क नलगाएको फेला परे दुई हजार रुपैयाँ जरिवाना गरिने बताएको समाचारमा उल्लेख छ ।

 यसका साथै केजरीवालले विपक्षी दलहरुसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउनसमेत आग्रह गरेका छन् ।

[sidebar name="button post"]