मङ्सिर ३, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार चार सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार सात सय ३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
अब देशभर २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।












