वरिष्ठ मुटुरोग विशेषज्ञ सुनिल झाको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाण्डौ – कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको  मन्त्रालयले बताएको छ ।

[sidebar name="button post"]