Ad #144479

२८ कार्तिक, काठमाडौं । चार जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । नियमित चेकजाँचका क्रममा ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि उनीहरुलाई फर्काइएको हो ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनीहरुको साथमा चार सय २० वटा नेपाली सीम कार्ड बरामद भएको छ ।

उनीहरुको साथबाट मोबाइल, सीमकार्ड लगायतका सामग्री भेटिएपनि फर्काइएको हो । उनीहरुको गतिविधि शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले छानविन गरेको थियो । त्यसक्रममा अवैध कलबाइपास जस्ता अवैध गतिविधिमा संलग्न हुनसक्ने आशंका गरिएको थियो । तर अनुसन्धानका क्रममा कुनै अपराधमा सलंग्नता नभेटिएको जनाइएको छ ।