पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित

कार्तिक २६, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्।यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

[sidebar name="button post"]