Ad #144479

खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हाे ।

त्यसपछि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने भनिएको छ । भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा निस्शुल्क खाना खुवाउने सहमति भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।