Ad #144479

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने घोषणा गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो ।

सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ । ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमै पार्टी फुटाउने घोषणा गरेका हुन् ।

खुमलटारमा आफू निकट नेताहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओलीबाट पार्टी फुटाउने औपचारिक प्रस्ताव आएको बताएका हुन् । यसले नेकपा विवाद फेरि नयाँ मोडमा प्रवेश गरेको छ । सँगै हिड्दा विवाद धेरै भएको, नेताहरुसँग कुरा मिल्नै छाडेको, सरकार र पार्टी दुवै चल्न नसकेको गुनासो ओलीले प्रचण्डसँग गरेका थिए ।

पार्टी फुटाउँदा सहज हुने जवाफ ओलीले दिएपछि प्रचण्ड तनावमा परेका छन् । कर्णाली प्रदेश सरकारमा झन संकट आउनुका साथै ओलीले नै सबै ठाउँमा पूर्व माओवादीलाई पेलेर जान खोजेपछि विवाद बढेको हो ।

तेसो त आइतबार पनि ओली र प्रचण्डवीच फोन सम्वाद भएको थियो । नेताहरुका अनुसार यी सबै सम्वादहरुमा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्रको अन्तरविरोध एकाएक सघन बनेको हो ।