तिनकुने पुलमा ३० बर्षीय पुरुषको हत्या गरेको अवस्थामा शव भेटिएको छ । बागमती नदीको पुलमुनि ३० बर्षीय पुरुषको सड्न थालेको अवस्थामा शव भेटिएको हो ।
पूलमूनिबाट शव सडेको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।
पुरुषको हत्या गरेर शव लुकाउन पूलमूनि फालेको हुन सक्ने अनुमान गरिएको छ ।












