गण्डकीमा आज मात्रै थप १०८ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ ।

[sidebar name="button post"]