सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता भाँडिएको छ । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकारपछि हटेपछि वार्ता विनानिष्कर्ष टुंगिएको डा केसी पक्षघर वार्ता टोलीको भनाइ छ ।
राति ९ बजे सिंहदरबारमा वार्ताका लागि केसी पक्षलाई बोलाएको थियो । तर, राति ११ बजेसम्म चलेको वार्तामा सहमति भने जुट्न सकेन । बिहीबार तयार सहमतिको प्रारम्भिक मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पठाइएको थियो । प्रधानमन्त्री ओलीले अध्ययन गरेपछि हिजो औपचारिक सहमति गर्ने वार्ता टोलीको गृहकार्य थियो ।
तर, सहमति हुनुको साटो परिस्थिति झन बिग्रिएको छ । डा। केसीको अनशन २७ औँ दिनमा छ । केसीपक्षीय वार्ता टोलीका संयोजक डा। जीवन क्षेत्रीले सरकारले नतिजामुखी वार्ता नचाहेको आरोप लगाउनुभयो ।
डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सम्पर्क नभएको भन्दै केही निर्णय लिन नसक्ने बताएको थियो ।











