असोज ११, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको श्रेष्ठले जानकारी दिनुभयाे। कोरोना लागेपनि आफू स्वस्थ रहेको समेत उहाँले बताउनुभयाे ।
[sidebar name="button post"]









