८ असोज, काठमाण्डौ। एक हप्ता लामो होम क्वारेन्टिन पछि गरिएको पीसीआर परिक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसङगै मन्त्री पुन पछि बिहीबारदेखि नियमित काममा फर्कनुभएको छ ।
मन्त्री पुनका अङ्गरक्षकमा शुक्रबार गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। त्यस पछि उहा आफ्नै निवास पुल्चोकमा होम क्वारेन्टिनमा रहदै आउनेभएको थियो ।
उहाँका प्रेस संयोजक दयानिधि भट्टका अनुसार मन्त्री पुन बिहीबारदेखिनै नियमित काममा फर्किए सक्नुभएको छ ।












