Ad #144479

८ असोज, काठमाडौ। कोरोना महामारीको विच नेपाल फर्कने नेपालिको सङख्या मंगलबारसम्म ७४ हजार ७०३ पुगेको छ । गत चैत ११ बाट सुरु भएको लकडाउनपछि नेपाल फर्कन चाहाने नेपालिलाई सरकारले प्राथमिकताका आधारमा चार्टर्ड उडान मार्फत नेपाल ल्याएको थियो ।

सरकारले विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश ल्याउन उद्धार तथा फिर्ती गर्ने निति लिएपनि ७४ हजार ७०३ नेपाल फर्कनेमा २० जना मात्र अलपत्र श्रमिकको निःशुल्क उद्धार भएको छ । वैदेशिक रोजगार बोर्डमा प्राप्त विवरण अनुसार हाल सम्म २० जना अलपत्र श्रमिकको मात्र निःशुल्क उद्धार भएको छ ।

सरकारले अलपत्र परेका नेपालिको उद्धारको लागि वैदेशिक रोजगार बोर्ड मार्फत १० हजार कामदारलाई निःशुल्क उद्धार गर्ने गरी ७५ करोडसम्म खर्च गर्ने निर्णय गरेको छ । तर अहिले पनि विदेशमा काम गुमाएका हजारौँ नेपालि भएपनि उनिहरुको उद्धार हुन सकेको छैन् ।