८ असोज, काठमाडौं । बिहिबार बिहान मनोहराको तरकारी बजारमा अनुगमनको क्रममा महानगरपालिकाको बजार अनुगमन टोली पुगेको छ । अनुगमन टोली आएको थाहा पाएपछि अनुगमन टोलिले प्याजको भाउ एकाएक घटाएका छन् ।
अनुगमन टोलीका लाइ सुरुमा प्रतिकेजि १२० भनिएको प्याजको मुल्य व्यापारीहरुले अनुगमन टोलि भन्ने थाहापाए पछि तत्कालै प्रतिकिलो ६० रुपैयाँमा भाउ घटाएर प्याज बिक्री गरेको थिए । यो भन्दा अगाडि पनि अनुगम टोली देखे पछि मात्र व्यापारीहरुले भाउ आधा भन्दा वढि घटाउने गरेको उपभोक्ताहरुले जानकारी वताएका थिए ।
बजारको पनौती सैजु आलु प्याज भण्डारले १०५ रुपैयाँ किलोमा प्याज बिक्री गरेको पाइएको थियो । यस्तै युपी आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य ११५ रुपैयाँ र बोरा किन्दा १०५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री गरेको भेटिएको थियो ।
अनुगमनको क्रममा व्यापारीहरुले ठाउविशेष आफुखुशि मूल्य लिने गरेकाले त्यस्था व्यापारीहरुको कागजात टोलीले जफत गरेको र अव उनिहरुले महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको अनुगमन टोलीका सदस्यले वताउनुभयो ।












