८ असोज, काठमाडौं। प्रजिअको नेतृत्वको टोलीले हुम्लाको चीनसंगको सिमानामा रहेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ । बुधबार अनुगमनको लागि सिमा क्षेत्र स्थीत गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले उक्त सीमास्तभ फेला पारेको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्षका अनुसार प्रजिअको नेतृत्वको टोलीले नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमा प्रहरी चौकीले हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा उक्त सिमा स्तम्भ भेटिएको हो । चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्नेमा भने अझै अन्योलनै रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वताउनुभयो ।
प्रजिअको नेतृत्वको नेपाली टोली र चिनियाँ अधिकारी विचको वार्ता बसेपनि कुनै निष्कर्ष विनानै वार्ता असफल भएको थियो ।












